३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

माधव नेपालमाथि कमल थपाको लघु कथा, को जित्यो,को हार्‍यो ?

२९ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल माथि लघुकथा लेख्नुभएको छ । उहाँले नेपालको नाम उल्लेख नगरी लघुकथा मार्फत आफ्नै सेनापतिको पराजित गराएर के जित्यै भन्दै प्रश्न गर्नुभएको छ ।

यस्तो छ थापाको लघु कथा

“को जित्यो,को हार्यो”

एकादेशमा एउटा देशको सेनापतिसँग २३ जना सेनानीहरु असन्तुष्ट भएछन्।ति असन्तुष्ट सेनानीहरू विदेशी फौजसँग मिल्न गए।अनि ‘पंच भलादमी’ समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरु ‘जित्यौँ,जित्यौँ’ भन्दै सगौरव घर फर्केछन्

प्रकाशित मिति : July 13, 2021 at 9:40 am