३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

इलाममा पनि प्रधानन्यायाधीश राणाको पुत्ला जल्यो

२८ असार, काठमाडाैँ । सर्वोच्च अदालतले दलिय व्यवस्था मासेर फैसला गरेकोको भन्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ इलामले सोमबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराको पुत्ला दहन गरेका छन । नेकपा एमालेको पार्टी कार्यलय वाट नाराजुलुस गर्दै चोक वजारमा आएर प्रधानन्यायाधीश जवराको पुत्ला दहन गरेका हुन ।

पुत्ला दहनपछि भएको क‍णसभालाइ सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा नेकपा एमालेका युवा नेता रबिन्द्र सुबेदीले सर्बोच्च को आजको फैसलाले दलिय व्यवस्था मास्दै सत्तिपृथकिकरण को सिध्दान्त विपरीत जनताको अधिकार कुण्ठित गरेको वताए ।

कोणसभालाई सम्बोधन गर्दै सुवेदीले लोकतन्त्र मासिने दिसामा मुलुक गएको भन्दै प्रतिरोधमा उत्रन आब्हान समेत गरेका छन । अदालतले प्रधानमन्त्री तोक्ने हो भने दलहरू र निर्वाचन को के काम ?? त्यसैले जनता प्रतिरोधमा उत्रनु पर्छ सुवेदी भने । जुलुसमा संविधान मिच्न पाइदैन ,निर्दलिय शासन चाहिदैन,जनताको सार्बभौम अधिकार खोस्न पाइदैन,लोकतन्त्र मास्न पाइदैन भन्दै नारा लगाएका थिए ।

प्रकाशित मिति : July 12, 2021 at 7:43 pm