२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

देउवालाई समर्थन गरे वापत एमालेले सांसदमाथि कारबाही गर्न नमिल्ने

२८ असार, काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेवापत नेकपा एमालेले आफ्ना सांसदहरूलाई कारवाही गर्न नमिल्ने फैसला सुनाएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला दिँदै अदालतले यस्तो आदेश दिएको हो । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सर्वोच्चले राजनीतिक दल सम्बन्धी ऐन बमोजिम अर्को दलका सांसदलाई कारवाही गर्न नमिल्ने फैसला सुनाएको हो ।

प्रकाशित मिति : July 12, 2021 at 1:44 pm