२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

सूर्य थापाको प्रश्नः मैले देउवालाई लेखेकाे थिएँ, जवाफचाहिँ अन्यत्रबाट आएछ, किन हाेला ?

२८ असार, काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले १० बुँदे सहमतिको बारेमा गएराति गरेको टिप्पणीमाथि वरिष्ठ नेता माधवकुमार नेपालले प्रति टिप्पणी गरेपछि आश्चर्य व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ ‘मैले देउवा महाेदयलाई लेखेकाे थिएँ, जवाफचाहिँ अन्यत्रबाट आएछ, किन हाेला ? तथ्यमा उभिएर र सम्पूर्ण चिज हेरेर स्पष्ट धारणा बनाउनु राम्रो हाेला !बरू एकाबिहानै आएकाे टिप्पणी अदालतकाे निर्णय प्रभावित गर्न र देउवालाई आश्वस्त पार्न लेखेकाे देखें मैले त ! कसाे हाेला ? फाटेकाे जालाेले छेकेकाे !’

प्रकाशित मिति : July 12, 2021 at 10:34 am