२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

सर्वोच्चको मुद्दाबारे एमालेको ‘पोजिसन’ स्पष्ट, सोही अनुसार फैसलाको अपेक्षा छः नेता रिजाल

२८ असार, काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सर्वोच्चमा विचाराधिन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा एमालेको पोजिसन स्पष्ट भएको बताउनुभएको छ । १० बुँदे सहमतिपछि प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । रिजालको प्रतिक्रिया तल हेर्न सक्नुहुन्छ ।

एमाले एकताबद्ध भएको छ र सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारका सम्बन्धामा ‘संस्थागत र विधिसम्मत’ रुपमा एक भएर जाने निर्णय भएको छ । मुद्दा सम्बन्धमा यसबाट एमालेको ‘पोजिसन’ स्पष्ट भइसकेको छ । त्यसैले प्रतिनिधिसभा विघटन सम्बन्धमा आज सर्वोच्च अदालतबाट सबै परिस्थितिलाई विचार गरेर फैसला आउने नै छ ।

साथै, सर्वोच्चबाट जे निर्णय आए पनि एमाले संस्थागत र विधिसम्मत रुपमा अघि बढ्ने कुराले यसका नेता–कार्यकर्तासँग मात्र सरोकार राख्दैन, आम जनता र प्रणालीसँग नै महत्व राख्छ । त्यसैले १० बुँदे सहमतिलाई यसको भावना र मर्मका साथ कार्यान्वयन गरेर पार्टीलाई तलैसम्म एकताबद्ध बनाउनु नै आज हामी सबैको दायित्व भएको छ ।
विभाजनमा होइन, एकताभित्र आफूलाई खोजौँ !
एक्ला–एक्लै होइन, सामूहिकताभित्र आफूलाई खोजौँ !!

प्रकाशित मिति : July 12, 2021 at 7:44 am