सहारा विकास बैंकले घोषणा गर्यो लाभांश, बोनस कति ?
२३ असार, काठमाडाैँ । सहारा विकास बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंककाे असार २२ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७४/७५ आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीकाे ५.०५ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.२७ प्रतिशत नगद गरि कूल ५.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंक आठौँ, नवौँ र दसौँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण गरिने सञ्चालक समितिले निर्णय गरेको छ।
प्रकाशित मिति : २३ असार २०७८, बुधबार १३:५३












