१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा, इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित

२८ असार, काठमाडौँ । क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । फाइनलमा पुग्ने इतिहास रच्दै क्रोएसियाले विश्वकप फुटबल ऐतिहासिक सफलता हात पारेको छ । बुधबार अबेर भएको दोस्रो सेमिफाइनल खेलमा क्रोएसियाले इंग्ल्यान्डलाई २–१ गोलले पराजित गरेर विश्वकपमा पहिलोपटक फाइनलमा स्थान निश्चित गर्यो ।

निर्धारित ९० मिनेटको समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । ३० मिनेट थप समयमा क्रोएसियाका लागि मारियो मान्जुकिकले १९ मिनेटमा गोल गरे । जुन गोल जितका लागि निर्णायक बन्यो । क्रोएसिया यसअघि १९९८ को विश्वकपको सेमिफाइनलमा पुगेको थियो । तर फ्रान्ससँग पराजित हुँदा फाइनल पुग्ने अवसर गुमाएको थियो ।

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार ०६:३८