११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

देउवाको माग पूरा भए निर्दलीयता पुनः ब्यूँतिने (बहस नोटसहित)

११ असार, काठमाडाैँ । प्रतिनिधिसभा विघटनको मुद्दामा कांग्रेस सभापति शेरबहादुर देउवासिहतको माग पूरा भए देशमा पुनः निर्दलीयता ब्यूँतने खतार देखिएको सरकारी पक्षले बताएका छन । संवैधानिक इजलाशमा २३ पृष्ठको बहस नोट बुझाउँदै उनीहरूले देउवा लगायतको माग पूरा गरे पञ्चायती व्यवस्थाको जस्तो निर्दलीयतालाई पुनः ब्युँताउने बताइएको छ।

नेपालको संविधानको प्रस्तावना तथा संविधानको धारा ७४ मा नेपालको शासकीय स्वरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुने भन्ने कुरा स्पष्ट छ लेखिएको भन्दै देउवा लगायतको माग खारेज गर्न भनिएको छ ।

प्रकाशित मिति : June 25, 2021 at 12:33 pm