११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

खल्ती एप्सले जुवा खेलाइरहेको तथ्य सार्वजनिक, करोडौँ रुपैयाँ बाजीका रूपमा विदेशीयो

११ असार काठमाडौँ । खल्ती एप्सले जुवा खेलाइरहेको खुलासा भएको छ । पत्रकार दिनेश आचार्यल शुक्रबार बिहान ट्वीट मार्फत नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएपछि खल्तीले जुवा खेलाउने गरेको तथ्य सार्वजिनक भएको छ । खल्तीले जुवा खलाउँदै दैनिक करोडौँ रूपैयाँ विदेशीरहेको पाइएको छ ।

खल्तीले फुटबल र क्रिकेटमा बेट अर्थात शर्तवाला जुवा (बाजी) खेलाएर करोडौँ नेपाली रूपैयाँ विदेश पठाएको हो । युरो र कोपा अमेरिका कपममा मात्र दैनिक २० करोड भन्दा बढीको बाजी चलिरहेको पाइएको छ । पत्रकार आचार्यले जुवा खेलाउनका लागि खल्तीलाइ अनुमति दिनुभएको हो भन्ने प्रश्न समेत गर्नुभएको छ । गभर्नर अधिकारीले उक्त प्रश्नको अहिलेसम्म कुनै जवाफ दिनुभएको छैन ।

सन् २०१७ देखि सञ्चालनमा आएको खल्ती एक मोबाइल वालेट तथा भुक्तानी सेवाप्रदायक हो । खल्तीको प्रयोग गरेर  अनलाइन र मोबाइलबाट विभिन्न किसिमका वस्तु तथा सेवाको भुक्तानी गर्न सकिन्छ । यद्यपी खल्तीले आफूले पाएको अनुमतिको दुरूपयोग गर्दै नेपाली पैसा अबैध तरिकाले विदेश पठाउने काम गरेपछि कारबाहीको माग गरिएको छ ।

 

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार १०:०३