१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

चिनियाँ राष्ट्रपति सीद्वारा अन्तरिक्ष यात्रीसँग भिडियो संवाद

९ असार, काठमाडाैँ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्रपति एवम् केन्द्रीय सैन्य आयोगका महासचिव सी चिन फिङ पैचिङ अन्तरिक्ष उडान नियन्त्रण केन्द्र पुग्नुभएको छ । उहाँले त्यहाँ पुगेर शन चौ १२ नम्बरका ३ जना अन्तरिक्ष यात्रीसँग आकाश र पृथ्वीबीचको कुराकानी गर्नुभएको चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीले जनाएको छ ।

कुराकानीपछि राष्ट्रपति सीले अन्तरिक्ष स्टेशनको निर्माण चीनको अन्तरिक्ष कार्यको एक महत्वपूर्ण कोसेढुँगा भएकाले यसले मानवले अन्तरिक्षको शान्तिपूर्ण रुपमा प्रयोग गर्नका लागि योगदान दिने कुरा बताउनुभयो । उहाँले शन चौ १२ नम्बरका अन्तरिक्ष यात्री टोली नयाँ युगमा चीनको अन्तरिक्ष कार्यमा प्रतिनिधि रहेको भन्दै हाैसला प्रदान गर्नुभयो । उहाँले यसमा सबैले सहकार्य गरी कार्यको सफलताका साथ पूरा गर्नसक्ने आशा व्यक्त गर्नुभयो।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार १८:१२