४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नबिल बैंककाे युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव विशेष साधारण सभाद्धारा पारित

५ असार, काठडमाडाैँ । नबिल बैंक लिमिटेडकाे विशेष साधारण सभाले युनाईटेड फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ। शनिबार बसेकाे बैंककाे साधारण सभाले साे निर्णय गरेकाे हाे । नबिल बैकको मर्जर र प्राप्ति सम्बन्धि यो पहिलो निर्णय हाे ।

गत वैशाख १७ गते नबिल बैंक र यूनाइटेड फाइनान्सबीच मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर भएकाे थियाे । नबिल बैंक र यूनाइटेड फाइनान्सको स्वाप रेसियो १००ः३५ कायम भएको छ । अब युनाईटेड फाईनान्स कम्पनीको १०० कित्ता सेयर हुने लगानीकर्ताले नबिल बैंकको ३५ कित्ताको सेयर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार २०:२३