४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एनआईसी एशियाको ‘एनआईसी एशिया सेलेक्ट ३०’ असार १० गतेदेखि बजारमा आउँदै

१ असार, काठमाडाैँ । एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी ‘एनआईसी एशिया सेलेक्ट-३० (इण्डेक्स फण्ड)’ असार १० गतेदेखि बजारमा आउने भएकाे छ ।

योजना व्यवस्था एनआईसी एशिया क्यापिटल र कोष प्रवर्द्धक एनआईसी एशिया बैंक रहेको यो इन्डेक्स फन्डका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गर्न लागिएको हो। जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएकाे छ ।

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। असार १० गतेबाट निष्कासन हुने याे फण्डमा लगानीकर्ताले छिटोमा असार १४ गतेसम्म र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेकाे छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ। याे सात वर्ष अवधिकाे  म्युचुअल फण्ड हाे ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार ११:४८