१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नेपाल ट्रष्टको नाममा ८७ अर्ब सम्पत्ति

२६ असार, काठमाडौँ । नेपाल ट्रष्टको कार्यालयले आफूमातहत रहेको सम्पत्तिको मूल्य ८७ अर्ब रुपैयाँ भएको प्रारम्भिक मूल्यांकन गरेको छ । १२ जिल्लामा आफ्नो नाममा रहेका भौतिक पूर्वाधारसहितको २१ हजार ५ सय ६१ रोपनी जग्गाको मूल्यांकन गरिएको नेपाल ट्रष्टले जनाएको छ ।

स्वर्गीय राजा वीरेन्द्र र राजाका नामसँग जोडिएका व्यक्ति, संस्थासँग रहेको सार्वजनिक सम्पीत्त ट्रष्टमातहत ल्याइएको १० वर्ष पुगेको छ । तर जग्गाको भरपर्दो संरक्षण भनेको देखिएको छैन ।

प्रकाशित मिति : २६ असार २०७५, मंगलवार ०७:३२