१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

घट्यो सुनको मूल्य, कति पुग्याे ताेलामा

२७ जेठ, काठमाडाैँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९३ हजार ९०० रुपैयाँ कायम भएको हो । बुधबार बजारमा सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन पनि तोलामा ३०० रुपैयाँले घटेर ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि हुँदै  १३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार ११:३४