४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ऋणपत्र निष्कासन गर्न एनआईसी एशिया बैंकले पायाे बोर्डबाट अनुमति

२५ जेठ, काठमाडाैँ । एनआईसी एशिया बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ । बैंकले ‘८.५% एनआईसी एशिया डिबेञ्चर २०८७’ काे नाममा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नधितोपत्र बोर्डमा निवेदन दिएकाे थियाे ।

धितोपत्र बोर्डबाट बैंकले ऋणपत्र निष्कासन गर्न जेठ २० गते अनुमति पाएकाे हाे । बैंकले निष्कासन गर्न लागेकाे ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १४:२६