दश तस्बीरमा हेर्नुहोस् विपक्षीको मुटु हल्लाउने एमाले सरकारको बजेट
१५ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको लोकप्रिय बजेट सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको बजेटमा सबैतिरबाट प्रंशासा आएपछि विपक्षीहरूले चुनावी प्रचार र कार्यान्वयन हुन नसक्ने भन्दै प्रतिक्रियाका लागि प्रतिक्रया जनाइरहेका छन ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट घोषणा गर्नुभएको छ जुन बजेटले आगामी निर्वाचन समेत प्रभावित हुने भन्दै विपक्षी नेताहरूले बिरोधी प्रतिक्रिया दिएका छन । बजेटले कर्मचारीको तलब बढाउने, वृद्ध भत्ता बढाउने र सामाजिक सुरक्षा भत्ता बढाउने लगायतका महत्वपूर्ण र लोकप्रिय कार्यक्रम अघि ल्याएको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोत व्यवस्थापनका लागि सरकारले राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड र ६३ अर्ब ३७ करोड वैदेशिक अनुदान व्यहोर्ने र त्यसबाट समेत अपुग ५ खर्ब ५९ अर्ब ३० न्यून हुने देखिने त्यसमा थप ३ खर्ब ९ अर्ब २९ करोड ऋण लिने सरकारले योजना बनाएको छ । बजेट प्रस्तुतीका समयका दश तस्बीर यहाँ प्रस्तुत गरिएको छ । तस्बीरहरूः राजन काफ्लेरप्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार २२:२९












