२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

तीन वर्षपछि नेकपा(एमाले)काे राजनीतिक पत्रिका नवयुग पुनः प्रकाशन


४ वैशाख, काठमाडौँ । नेकपा (एमाले)को राजनीतिक पत्रिका नवयुग पुनः प्रकाशन सुरू भएको छ । नेकपा माओवादी केन्द्रसँग एकताको प्रक्रियामा गएपछि बन्द भएको पत्रिका एकता पूरा नहुँदै भंगभएपछि पुनः प्रकाशित भएको हो । एमालेको केन्द्रीय प्रचार विभागले प्रकाशन गर्ने यस पत्रिका देशभरका कार्यकर्ताले किनेरै पढ्ने गरेका थिए ।

एमाले प्रचार विभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नवयुग पुनः प्रकाशित भएको जानकारी दिनुभएको छ । ३० वर्षदेखि प्रकाशन हुँदै आएको नवयुगको चैत(वैशाख अंकमा २०७७ फागुन २३ को सर्वोच्च अदालको फैसलापछि विकसित राजनीतिक घटनाक्रम, संस्थागत निर्णय, विगत तीन बर्षका संग्रहणीय दस्तावेज र महत्त्वपूर्ण सामग्री प्रकाशन भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलवार १४:२५