२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

प्रधानमन्त्री पद माग्दै मध्यरातमा बालुवाटार पुगेका बाबुरामलाई ओलीले दिएको त्यो जवाफ…

१ जेठ, काठमाडाैँ । चुनाव लडेर पार्टीको अस्तित्व कायम गर्न नसकेपछि जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएका डा बाबुराम भट्टराई एक दिन मध्यरातमा प्रधानमन्त्री पद माग्दै नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीकोमा पुगेको खुलासा भएको छ ।

एमालेका प्रभावशाली नेता एवं पूर्वमन्त्री महेश बस्नेतले दश दिनको बीचमा डा बाबुराम भट्टराई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै दुई पटक पुगेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘यो दश दिनमा बाबुरामजीले प्रधानमन्त्रीलाई दुई पटक भेट्नुभयो, त्यो पनि राति १ बजे । उहाँले आजको दिनमा राष्ट्रिय सरकार बनाउनुपर्छ, यसको नेतृत्व मैले लिनुपर्छ । आज म ६८ वर्षको भएँ, ७० वर्षसम्म राजनीति गर्ने मेरो चाहना हो । तपाईंले त्यो मेरो लागि पहल गरिदिनुहोस । त्यो तपाईबाहेक अरु कसैले गर्न सक्दैन् । प्रचण्ड, शेरबहादुर देउवाको हामीले नाडी छाम्यौं भन्नुभयो ।’

त्यसपछि भट्टराईलाई प्रधानमन्त्री अोलीले दिनुभएको जवाफ यस्तो थियो ‘मेरोविरुद्ध तपाईँ, प्रचण्ड, नारायणकाजी, उपेन्द्रदेखि रामचन्द्रसम्म लाग्नुभाछ, अनि म पनि मेरो विरुद्धको अभियानमा लाग्ने, म चाहीँ १२१ सांसद भएको पार्टीको नेता, महन्थ ठाकुर २०, २१ जनाको प्रतिनिधि, उपेन्द्र यादव पनि १३, १४ जनाको प्रतिनिधि, अनि तपाई चाहीँ कति जनाको प्रतिनिधि ? तपाईँबाहेक को छ तपाईको प्रतिनिधि ?’

प्रकाशित मिति : May 15, 2021 at 6:37 pm