१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

लघुकथा समाज गण्डकी प्रदेशको अध्यक्षमा पूर्वमन्त्री ढकाल

२८ वैशाख, काठमाडौँ । लघुकथा समाज गण्डकी प्रदेशको अध्यक्ष पूर्वमन्त्री त्रिलोचन ढकाल निर्वाचित हुनुभएको छ । समाजमा आफू अध्यक्षमा निर्वाचित भएको ढकालले समाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ ।

समाजको उपाध्यक्षमा शेषमणि आचार्य सचिवमा मिलन समीर कोषाध्यक्षमा नारायण मरासिनी र सदस्यहरूमा इन्द्रकुमार जोशी बिकल्प, चिन्तु गिरी, रामबाबु राना, टुकादेवी आचार्य र निलम कुमार पौडेल निर्वाचित हुनुभएको छ ।

स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ६ फापरथुम स्थायी घर हुनुभएका अध्यक्ष ढकाल २०५१ सालमा प्रतिनिधिसभामा विजयी हुनुभएको थियो भने २०५५ सालमा कृषिमन्त्री समेत हुनुभएको थियो । उहाँको विभिन्न विधाका २२ वटा कृति समेत प्रकाशित रहेका छन ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलवार १९:३६