३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

नारायणगढ–मुग्लिन सडकः भित्तो काट्ने कि क्यान्टिलिभर राख्नेमा अझै अन्योल

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणका लागि तोकिएको समय सकिनै लाग्दा भित्तो काट्ने कि क्यान्टिलिभर (सडकभन्दा बाहिर टप निकाल्ने कार्य) राख्ने भन्ने विषयमा अन्योल भएको छ । उक्त सडकखण्डको मुग्लिन नजिक भिरमा यसअघि क्यान्टिलिभर राख्ने भनिए पनि अझै निर्णय हुन सकेको छैन । ठेकेदार कम्पनीले बढी रकम माग गरेपछि टुंगोमा पुग्न नसकेको आयोजना स्रोतले जनाएको छ ।


नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले मुग्लिनदेखि नारायणगढतर्फ चेपाङडाँडासम्मको नौ ठाउँमा गरी १२३ मिटर क्षेत्रमा क्यान्टिलिभर राख्नु पर्ने देखिएको बताउनुभयो । ती ठाउँमा क्यान्टिलिभर राख्ने विषयमा ठेकेदार कम्पनीसँग आर्थिक कुरा नमिल्दा ठेक्का मिति सकिन लाग्दासमेत टुंगोमा नपुगेको हो ।

आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार क्यान्टिलिभर राख्ने भनिएका ठाउँमा अग्ला पहाड छन् । सो क्षेत्रमा ५ दशमलव ५ मिटर फराकिलो सडक थियो । केही भित्तो काटेर ७ दशमलव ५ मिटर फराकिलो बनाइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार १४:३२