लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त
१९ वैशाख, काठमाडाैँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त हुनुभएकाे छ। प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उहाँलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।
संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

प्रकाशित मिति : May 2, 2021 at 3:41 pm









