१ फाल्गुन २०८१, बिहीबार | Fri Feb 14 2025

बगमती प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, ४ मन्त्री र ४ राज्यमन्त्रीले शपथ लिँदै

१५ वैशाख, हेटौँडा । मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशको मन्त्रिवपरिषद् पुनर्गठन गर्नुभएको छ । उहाँले ११ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको र रामेश्वर फूयाँलबाहेक सबै मन्त्री नयाँ नियुक्त गरेको स्रोतले जानकारी दिएको छ ।

मन्त्री बन्नेमा प्रमुख सचेतक केशवराज पाण्डे, सरेश नेपाल, चन्द्र लामा र सरस्वती बस्नेत हुनुहुनछ । पाण्डे नुवाकोट, नेपाल सिन्धुपाल्चोक, लामा काभ्रे र बस्नेत दोलखाको हुनुहुन्छ । राज्यमन्त्रीमा डा रामकुमार अधिकारी, प्रदीप कटुवाल, जुनेली श्रेष्ठ लगायतका रहनुभएको छ । अधिकारी धादिङ, कटुवाल सिन्धुली र श्रेष्ठ काठमाडाैँको हुनुहुन्छ । तीन वर्ष पुगेका सबै मन्त्राीलाइ मन्त्रिपरिषद्बाट विदा दिने निर्णय भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार दिउँसो ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले नविनयुक्त मन्त्रीहरूको सपथ गराउनुहुनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्री र राज्यमन्त्रीमा नियुक्त सबैलाइ बिहान १० बजे नै हेटाैँडा बोलाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार ०९:३२