२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपालले जित्याे

११ वैशाख, काठमाडाैँ । नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न फाइनल खेलमा नेदरल्यान्ड्सलाई हराउँदै नेपालले उपाधि जितेको हो ।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेदरल्यान्ड्स १७.२ ओभरमा ९६ रन बनाउँदै अलआउट भयो ।यसअघि टस हारेर पहिले ब्याटिङ पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । कुशल भुर्तेलले ७७ रनको योगदान गरे भने कुशल मल्ले ५० रन बनाए । अर्का खेलाडी दीपेन्द्र सिंहले ४८ रन बनाएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार १७:५४