२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

ओलीको साथ पाएपछि माधव नेपालले दूरिबनबिनै झ्यालबाट धरहरा नियाले

९ वैशाख, काठमाडाैँ  । नेकपा (एमाले)मा निलम्बन व्यहोर्दै गर्नुभएका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ पाएपछि बिहीबार दूरबिन (बाइनाकुलर) बिनै धरहराको अवलोकन गर्नुभएको छ । म्यारियट होटलमा दुइ नेताको भेटवार्ताको समयमा नेपाल र ओलीले धरहराको पनि अवलोकन गर्नभएको हो ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ दूरबिन बनाएर पार्टी नेतृत्वमाथि खनिइरहेका नेपालले ओलीसँगै आफ्नै आँखाले धरहरा नियालेपछि कार्यकर्ताले समाजिक सञ्जालमा खुशी मनाइरहेका छन । एमाले भित्रको विवाद उत्कर्षमा पुगेर  नेपाल समूहले प्रचण्डसँग माहित हुनु अगावै नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेको समयमा बुधबार ओलीले छलफलमा बोलाउनु भएको थियो भने आज पनि उहाँहरूको बीचमा छलफल भएको छ ।

ओली र नेपालले नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुभएको तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत सार्वजनिक गर्नुभएको हो ।

प्रकाशित मिति : April 22, 2021 at 6:05 pm