२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

मानसरोवरको यात्रामा रहेको १६ सय भारतीय अलपत्रः विदेशमन्त्री स्वराज

१९ असार, काठमाडौँ । भारतीय विदेशमन्त्री सुस्मा स्वराजले मानसरोवरको तीर्थयात्रामा गएका १ हजार ५ सय ७५ भारतीय नागरिक अलपत्र परेको बताएकी छिन । तीर्थयात्रामा गएका ५ सय २५ भारतीय सिमिकोटमा, ५ सय ५० हिल्सामा र ५ सय जना तिब्बत क्षेत्रमा अलपत्र परेका हुन् ।

अत्यधिक वर्षाका कारण हवाई सहितका यातायात अवरुद्व हुँदा उनीहरु अलपत्र परेका छन् । स्वराजले ट्वीट गर्दै उनीहरुको उद्धारका लागि काठमाडाैँस्थित भारतीय दूतावासको टोली सहायताका लागि नेपालगञ्ज र सिमिकोट गएको छ ।

अलपत्र परेका केही तीर्थयात्रीसँग सम्पर्कको प्रयास भैरहेको तथा खानाको प्रबन्ध मिलाईएको विदेशमन्त्रीले बताएकी छिन । उनले उद्धार गर्न नेपाली सेनाको हेलिकप्टरको सहायताका लागि नेपाल सरकारसँग पहल गरिरहेको बताएकी छिन ।

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार १३:१५