३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

नेप्सेलाई इन्फ्रास्टक्चर बैंकले बुझायो स्पष्टिकरण

८ चैत, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्जले सोधेको स्पष्ट्रिकरण इन्फ्रास्टक्चर बैंकले पेश गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत राम कृष्ण खतिवडाले स्पष्टिकरण पेश गरेका हुन्  । बैंकले  स्पष्टिकरण पत्रमा  ३० मिलियन डलरको बन्ड जारि गर्ने र लण्डन स्टक एक्सचेन्जमा सुचिकृत गराउने  विषय आईपिओ निष्काशन गर्नुभन्दा पहिलानै रहेको उल्लेख गरेको छ । यसको लागि प्रारम्भिक सहमति र स्वीकृति समेत प्राप्त भईसकेको र आईपिओ निष्काशन गर्दाको विवरणपत्र मै यस विषयमा खुलस्त पारिएको बैंकले जनाएको छ ।

त्यस्तै  लाभांशको सम्बन्धमा पनि बैंकले शेयर जारी गर्ने समयमानै प्रकाशित गरेको विवरणपत्रमा चालु आर्थिक वर्ष ७७/७८ मा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण रहेको बैंकले जनाएको छ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आईतवार १२:०७