२८ बैशाख २०८२, आईतवार | Sun May 11 2025

ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

२५ फागुन, काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न ८ नयाँ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ईलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहूँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङ्गको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५३ पुगेको छ ।

बैंकले ईलामको ईलाम नगरपालिका वडा नं. १, नेपालटार, सिराहाको कर्जन्हा नगरपालिका वडा नं. २, बन्दीपुर, रसुवाको गोसाँइकुण्ड गाँउपालिका वडा नं. १, थुमन, तनहूँको भानु नगरपालिका वडा नं. ११, टुहुरेपसल, कैलालीको जानकी गाँउपालिका वडा नं. ७, मिलनचोक, लमजुङ्गको सुन्दर बजार नगरपालिका वडा नं. १०, कोइरालाफाँट, बाँकेको खजुरा गाँउपालिका वडा नं. ६, सिमलघारी र अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ६, रतनमारेमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएका छन् ।


शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फात बैंकिङ सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए, यूटीएल र एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन्।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनका लागि ग्लोबल आइएमई बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरिएको जनाएको छ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५३ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ। ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार १७:३१