५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

ताप्लेजुङकाे दोभानका अग्नी पिडितलाई नेपाल बैंकद्धारा ६ लाख सहयाेग

२५ माघ, काठमाडाैँ । नेपाल बैंक मिमिटेडले विभिन्न आर्थिक सामाजिक, सांस्कृतिक, दैवि तथा प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, सरसफाई, वातावरण संरक्षण तथा अन्य सामूदायिक हित संरक्षण लगायत क्षेत्रमा सहयोग गरी सामाजिक उत्तरदायित्व वहन गदै आएको छ । ताप्लेजुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र दोभान बजारमा भएको भिषण आगलागीबाट ५२ वटा घरहरु र घरसंगै मालसामान पनि जलेर नष्ट भएको दूःखद घटनाबाट पिडित भएका घरपरीबारका लागि बैंकको तर्फबाट राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अग्नी पडितत घर परिवारहरुले दामासाहिले पाउने गरी रु.६ लाख रकम आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेकाे छ ।


बैंकले देशको ६९ जिल्लामा रहेका २०५ वटा शाखाहरु, ४१ एक्न्सटेन्सन काउन्टर तथा १४४ बटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको ५ र आगामी आर्थिक वर्षभित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पूर्याउने लक्ष्यका साथ कार्यहरु अगाडि बढाईरहेको जनाएकाे छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार १५:१७