२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

इङ्ग्लिस प्रिमियर लिगः शीर्ष स्थानको म्यानचेस्टर सिटीले १० अंकको अग्रता बनायो

१० फागुन, काठमाडाैँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई उसकै मैदानमा १-० गोल अन्तरले हराउँदै शीर्षस्थानमा १० अंकको अग्रता बनाएको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेकाे म्यानचेस्टर युनाइटेडसँग १० अंकको अग्रता बनाएको हो ।

म्यानचेस्टर सिटीका लागि खेलको दोस्रो मिनेटमा नै रहिम स्टर्लिङले गरेको गोल नै निर्णायक बन्यो । जितपछि म्यानचेस्टर सिटीले २५ खेलमा ५९ अंक जोडेको छ । आर्सनल भने लिगको दशौं स्थानमा रहेको छ । आर्सनलले २५ खेलमा ३४ अंक जोडेको छ ।

यस्तै प्रिमियर लिग अन्तर्गत हिजाे भएकाे खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानमा रहेको लेस्टर सिटी विजयी भएका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार १०:०२