२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

६८ जिल्लामा सुरू भयो स्वास्थ्य बीमा, गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्दै सरकार

९ फागुन, नवलपरासी । सरकारले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चत गर्न स्वास्थ्य बीमा कार्यक्रम व्यापक बनाउँदै लगेको छ । सरकारको स्वास्थ्य बीमा बोर्डले ६८ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरू गरिसकेको छ । ६८औं जिल्लाको रूपमा गण्डकी प्रदेशको नवलपुर जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ र स्वास्थ्य बीमा बोर्डका कार्यकारी सदस्य चन्द्र थापाले नवलपुरमा स्वास्थ्य बीमा सदस्यता दर्ता शुभारम्भ गरेका छन । उनीहरूले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भइ गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चत गर्न अनुरोध गरेका छन ।

मुख्यमन्त्री गुरूङले सरकारले सञ्चालन गरेका कार्यक्रमहरू मध्ये सबैभन्दा महत्वपूर्ण स्वास्थ्य बीमा रहेको र यो नागरिकको स्वास्थ्यसँग जोडिएको बताए । उनले यसमा सबै नागरिकले सहभागिता जनाउनुपर्ने बताए ।

सो अवसरमा बोर्डका कार्यकारी सदस्य थापाले स्वास्थ्य बीमा कार्यक्रम सरकारको प्रमुख प्राथमिकतामा रहनुनै नागरिकको स्वास्थ्यप्रति सरकार निकै गम्भीर छ भन्ने प्रमाण रहेको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रम मार्फत जोखिमको आदानप्रदान र समानता प्रदान हुने बताए ।

थापाले कोही पनि नागरिक स्वास्थय सेवाबाट बञ्चित रहन नपोरस भन्ने ध्येयले बोर्डले काम गरिरहेको बताए । उनले सरकारी स्वास्थ्य संस्थामा आबश्यता अनुसार थप विशेषज्ञ सेवाको लागि स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गर्न बिमा मार्फत पाउने भुक्तानीले सहज हुने बताए ।

उनले सरकारी, निजि तथा सामुदायिक अस्पतालबाट स्वास्थ सेवा लिन सकिने भन्दै स्वास्थ्य सेवाको शुल्क सबै खालका अस्पतालमा समान रूपमा भुक्तानी हुने भएकाले सेवा शुल्कको समानताका लागि पनि सबै नागरिकले बीमा कार्यक्रमा सहभागी भइ स्वास्थ्य सेवा लिन अनुरोध गरे ।

प्रकाशित मिति : February 21, 2021 at 9:08 am