३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

नेपाल बैङ्कको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा

६ फागुन, काठमाडाैँ । नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा संचालनमा आउने भएको छ । बैङ्क र बीमा कम्पनी बीच उक्त कम्पनीका ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले राष्ट्रिय बीमा कम्पनीमा बैङ्कको एक्स्टेन्सन काउन्टर संचालन हुने सम्झौता भएको हो ।


साथै कम्पनीमा कार्यरत कर्मचारीहरुलाई बैङ्कले सहुलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्यालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार १३:४३