३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्यमा लगातार चौथो दिन सकारात्मक सर्किट

५ फागुन, काठमाडाैँ । नेपाल इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्यमा लगातार चौथो दिन सकारात्मक सर्किट लागेको छ । बुधबार नियमित कारोबार सुरु भएको २ मिनेट मै बैंककाे शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

तेस्राे दिन मंगलबार बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर अन्तिम कारोबार ४५२ मा भएको थियो । चौथो दिनको कारोबारमा प्रि ओपनमा बैंकको मूल्य ४७४ पुगेकोमा नियमित कारोबार सुरु भएको १ मिनेटमा नै बैंकको शेयर मूल्यमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म बैंकको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर ४९७ पुगेको छ । बैंकको आइतबारबाट NIFRA सिम्बलबाट कारोबार सुरु भएको हो । गत बिहिबार बैंकको २० करोड कित्ता शेयर सुचिकृत भएको थियो।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार १२:०५