२३ मंसिर २०८२, मंगलवार | Tue Dec 9 2025

लक्ष्मी बैंकले सुरु गर्‍यो स्मार्टफोन लोन सेवा

४ फागुन, काठमाडाैँ । लक्ष्मी बैंकले एफ्-वान सफ्ट सँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ। स्मार्ट फोन लोन एक कर्जा-रुपी-सेवा (Lending-as-a-Service (LaaS)) हो जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एप बाटै अधिकतम रु. २००,००० (रु. २ लाख) सम्मको कर्जा लिन सक्नेछन्। कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्नेछ।


हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने योजना रहेको छ। आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएकोहो। यो कर्जा पुरै डिजिटल मैत्री भएका ले कुनै कागज-पत्र तथा निवेदन बिना नै लिन सकिन्छ र यो पुर्व-स्विक्रित हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ। सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बितिकै कर्जा रकम ग्राहकको खाता मा जम्मा हुने व्यवस्था रहेको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलवार १५:१५