३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

समृद्धि फाइनान्सको मध्यावधि समिक्षा

२ फागुन, काठमाडाैँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ को मध्यावधि समिक्षा गरेको छ । समिक्षामा फाइनान्सका सम्पुर्ण शाखाहरुको अर्ध–वार्षिक व्यावसायिक समिक्षा गरिएको भएको थियो । उक्त कार्यक्रममा उच्च व्यवस्थापन र शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो ।


हाल समृद्धि फाइनान्सले आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सुविधाहरु काठमाण्डौ, हेटौंडा, बुटवल, चितवन र पोखरा शाखाहरु मार्फत प्रवाह गर्दै आएको छ । निकट भविष्यमा थप शाखा सञ्जाल विस्तार गर्ने योजना पनि रहेको छ । ४० करोड चुक्ता पुँजी भएको सो फाइनान्सको असार मसान्तसम्म ८० करोड चुक्ता पँजी पु¥याउने योजना रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आईतवार २१:४५