३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

कुमारी बैंकको १ लाख २१ हजार संस्थापक सेयर बिक्रीमा

३० माघ,काठमाडाैँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २१ हजार ९ सय ७९ कित्ता सेयर बिक्री गर्ने भएकाे छ ।


बैंककाे उक्त संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने भएकोले साे सेयर खरिद गर्न  चाहाने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । ताेकीएकाे समयभित्र बैंककाे संस्थापक सेयर खरिदका लागि कुनैपनि आवेदन नपरेमा उक्त सेयर बाहिरी बिक्रीका लागि प्रक्रिया अगाडी बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार १२:३३