१६ बैशाख २०८२, मंगलवार | Tue Apr 29 2025

याैन हिंसाबाट बच्न यसरी छुट्याउन सकिन्छ सही र गलत स्पर्श

-केशवी जोशी

तिम्रो शरिर तिम्रो हो । त्यसलाई छुने अधिकार कसैलाई पनि छैन् । तिमीले आफ्नो ओठ, गर्दन, छाती, मलद्धार र गुद्दद्धारमा कसैलाई छुन नदिनु । तिम्रा यि अङ्गहरु संवेनशिल हुन । यदि कसैले यि अङ्गलाई छुने, चुम्ने वा समात्ने गर्छ, तिमीलाई घुरेर हेर्छ भने हामीलाई भन्नु । त्यति मात्र नभई तिमीलाई कसैले समात्दा वा छुँदा डर, दुःख, माया नगरेको जस्तो र आफ्नो जस्तो लाग्दैन भने, यस्ता कुरा लुकाउन हुदैन र सबैलाई भन्नु पनि हुदैन् । यदि तिमीले त्यस्ता कुरा लुकायौ भने उस्ले तिमीलाई झन बढि यातना दिन्छ भनेर सम्झाउन सकिन्छ ।

हामीले ३ बर्ष माथिका बालबालिकालाई राइट टच र व्याड टच अर्थात सहि छुवाई र गलत छुवाईका बारेमा सम्झाउन सक्यौ भने हाम्रा बालबालिका यौनहिंसाबाट जोगिन सक्छन् । प्राइम टेलिभिजनमा प्रस्तोता ऋषि धमलालाले जुन ३०,२०२० मा दुइ जना पिडित बालिका र उनका परिवारसंग गरेको कुराकानीबाट पनि यो प्रष्ट हुन्छ कि ति बालिकाहरु राइट टच र व्याड टचकाबारे जानकार नै थिएन । जसका कारण पिडकले सुरुमा गरेको हिसांलाई उनीहरुले मायाको रुपमा हेरेको र पछि हिंसा बढ्दै गएपनि पिडकको डर र त्रासका कारण सहने गरेको देखिन्छ ।

मुलुकी संहिताले बालयौन दुराचारको विषयलाई छुट्टै अपराधको रूपमा राखेको छ । मुलुकी अपराध संहिता, ऐन २०७४ को दफा २२५ मा, कसैले करणीको आसयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी अङ्ग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिन्छ । बाल यौन दुराचारको घटनामा दोषी ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेकोछ ।

त्यस्तै, बालबालिकालाई अप्राकृतिक मैथुन गरेमा पीडित बालबालिकाको उमेरका हिसाबले १० वर्ष देखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था समेतछ । पश्चिमा देशहरुमा बालबालिकालाई नचिनेको मान्छेसँग बोल्नु हुँदैन, परिवारका सदस्यबाहेक अरुसंग विश्वास गर्नुहुदैन् भन्ने कुरा सानै देखि सिकाइएको हुन्छ । त्यहाँका विद्यालयको पाठ्यक्रममा यौन शिक्षा समावेश गरिएको छ । विद्यार्थीलाई कहाँ–कहाँ छुनु हुन्छ, कहाँ हुँदैन भन्ने सानैदेखि सिकाइएको हुन्छ ।

नचिनेको मान्छेसँग बोल्नु हुँदैन भन्ने त हामी पनि सिकाउछौ । तर, चिनजानका मान्छेबाट पनि तिमी असुरक्षित हुनसक्छौ भनेर सिकाउदैनौ । कसैले आफ्ना बालबालिका संग खेलेको देख्दा, चकलेट दिदा हामी खुसि हुन्छौ, निसंकोच एकछिन् खेलोस भनेर छोडिदिन्छौ । हो, त्यहिबाट बालबालिका माथि यौनहिंसा सुरु भएका कयौ घट्नाहरु हामी माझ छन् । सबै मानिसको मनसाय खराब हुदैन तर पनि हामी सचेत हुन आवश्यक छ ।

हामीले आफ्ना छोराछोरीलाई गलत र सहि छुवाइका बारेमा बुझाउन सकेका छैनौ । अर्थात कसैले आफ्नो शरिरलाई छुदा वा बोक्दा उक्त मानिसको मनसाय कस्तो छ भनेर बुझनका लागि बालबालिकालाई जानकार बनाउन आवश्यक छ । त्यसकालागि बालबालिकालाई उनको हक र अधिकारका बारेमा जानकारि दिनु पर्छ । उनीहरुलाई आफ्नो शरिरको बारेमा विशेष ज्ञान दिनु आवश्यक छ । केहि सरकारी र गैरसरकारी संघ संस्थाहरुले केहि ठाउँहरुमा सहि र गलत छुवाईका बारेमा कार्यक्रमहरु चलाएको देखिन्छ । तर,यो पर्याप्त भएको छैन् ।

त्यसका लागि पहिलो कार्य विद्यालयहरुको हुन आउछ । पहिलो कारण त बालबालिकाहरु शिक्षक शिक्षिकाहरुबाट बढि प्रेरित हुने गर्छन् । हुन त कतिपय शिक्षक र शिक्षिकाले समेत सहि छुवाइ र गलत छुवाइका बारेमा थाहा पाएका छैन्न् । त्यसमाथि दुर्गममा रहेका शिक्षक र अविभावकहरुमा बालबालिकालाई स्पर्स गर्दा ध्यानदिनु पर्छ भन्ने ज्ञानको समेते अभाव छ । छिट्टै बुझ्ने र बुझाउन सक्ने कला भएकाले शिक्षकहरुलाई यसबारेमा जनाकारी लिन र दिन सजिलो हुन्छ ।

गलत र सहि छुवाइका बारेमा अभिभावकले आफ्ना बालबालिकालाई बुझाउन नसक्नु, बालबाकिाले भनेका कुराहरुमा विश्वास नगर्नु र, बालबालिकाले डरले सबै कुरा लुकाउनुले यस्ता समस्या घट्नुको साटो बढिरहेका छन् । धेरै जसो बालबालिकाहरुले आफ्नो शरिरका अंगहरु र शारिरीक बनाओटका बारेमा जानकारी दिनु आवश्यक छ । त्यसमा पनि यौनाङ्ग र यौनका बारेमा बुझ्नै नक्कने अवस्थाका बालबालिका बढि यौनहिसांमा परेका हुन्छन् । तर, बुझ्न सक्ने उमेरका बालबालिकालाई पनि यौनाङ्ग र यौनका बारेमा खुलेर सम्झाउन सकिरेका छैनौ । जसका कारण उनीहरुले बलात्कार लगायतका यौनजन्य हिंसा खेपिरहेका हुन्छन् । प्राय जसो बालबालिका माथि हुने यौनहिसां आफन्त, नाता गोताबाट नै भएकोे तथ्याङ्कले देखाउ छ । त्यस्ता हिसांहरु मायाको नौटंकीबाट सुरु भएका हुन्छन् ।

बालबालिकाले सुरुमा सहि र गलत छुवाइ केहो भनेर थाहाँ पाउदैनन् जसले गर्दा उनीहरुमा यौनजन्य हिंसा बढ्दै जान्छ । हिसांले चरमरुप लिदापनि बालबालिका पिडकको डरका कारण चुपलाग्न विवस हुन्छन् । यसले बालबालिकाहरु मानसिक रुपमा विचलित हुनुका साथै उनीहरुको शारिरीक र मानसिक वृद्धि विकासमा असर परिरहेको हुन्छ । जसले गर्दा उनीहरुको पढाई समेत विग्रेका थुप्रै उदाहरण छन् । तर, पनि हामीले हाम्रा बालबालिकालाई सम्झाउन सकिरहेका छैनौ । उनीहरुले आफु माथि भएको हिसांलाई खुलेर भन्न सकिरहेका हुदैनन् ।

‘एक्लै केटा मान्छे भएको ठाउँमा जानु हुदैन है आन्टी’ १० बर्षिया नानीले भनेको सुन्दा म अच्चमा परे । किन जानु हुदैन अनि कस्ले भन्यो भन्दा उनीहरुलाई डिस्टब हुन्छ भनेर बाबाले सिकाउनु भएको हो भन्ने उत्तर आयो । तिमी त्यहाँ गए असुरक्षित हुन्छौ भनेर उनको बाबाले किन भन्न सकेनन् । सहि र गलत छुवाइका बारेमा किन सम्झाउन सकेनन् ।

प्रतेक बर्ष देशभर बाल यौन दुराचार र अप्राकृतिक मैथुनका घटनामा बृद्धि भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा देशभर २१९ वटा बाल यौन दुराचारका घटना भएका छन् । त्यस्तै, २०७६/०७७ मा बाल यौन दुराचारका घटना २३२ वटा भएको छ । चालु आर्थिक वर्षको कात्तिकसम्मको तथ्याङ्कअनुसार बाल यौन दुराचारको घटना ८३ वटा प्रहरीमा दर्ता भएको विभिन्न संचारमाध्यले बताएका छन् । यसले के देखाउछ भने हाम्रा बालबालिकाहरु झन असुरक्षित बन्दै गएकाछन् । त्यसका लागि हामी आफै पनि जागरुक हुन अति आवश्यक छ ।

सहि स्पर्श र गलत स्पर्शका बारेमा कसरी समझाउने त बालबालिकालाई
सहि स्पर्शः जबकसैले स्पर्श गर्दा वा छुदा तिमीलाई सहज महशुस हुन्छ, तिम्रा संवेदनशिल अंगहरुमा छोएको छैन र तिमीलाई सहज लागेको छ भने त्यसलाई सहि छुवाई भनेर बुझनु पर्छ ।

ग्लत स्पर्शः तिमीलाई कसैले समात्दा वा छुदा डर लाग्छ, दुख्छ, माया गरेको हो भन्ने लाग्दैन्, आफ्नो जस्तो पनि लाग्दैन भने गलत स्पर्श गरेको थाहाँ पाउन पर्छ । कसैले कपाल तान्ने, चिमोट्ने वा जिस्काउन गर्छ भने यो पनि गलत स्पर्शकै रुपमा हुन्छभनेर सिकाउन पर्छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार ०९:०१