३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

प्रभु बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने

२८ माघ, काठमाडाैँ । प्रभु बैंक लिमिटेडले ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन पेश गरेकाे छ । बैंकले ऋणपत्र निष्कासन गर्न माघ २५ गते बोर्डमा आवेदन दिएकाे हाे । बैंकले ८.५ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको उक्त ऋणपत्र निष्कासन गर्न लागेको हो ।


बैंकले  निष्कासन गर्न लागेकाे कुल ४० लाख कित्ता ऋणपत्र मध्ये १६ लाख कित्ता सर्वासाधारणको लागि र २४ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । ऋणपत्र बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार १७:१०