३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त

२८ माघ, काठमाडौँ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त हुनुभएकाे छ । बैंकर शर्मालाई बुधबार बसेको बैंक सञ्चालक समितिकाे बैठकले चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्मा यसअघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत रहनुभएकाे थियाे ।

मंगलबार सनराइज बैंकको सीईओ जनकशर्मा पौड्यालले पदबाट राजीनामा दिएका दिनुभएकाे थियाे । बैंकले पौड्यालको राजीनामा स्वीकृत गर्दै शर्मालाई नयाँ सीईओ नियुक्त गरिएको  जनाएको छ ।  शर्माले यसअघि ग्लोबल आइएमइ बैंक, माछापुच्छ्रे बैंक , एनएमबि बैंक लगायतमा काम गर्नुभएकाे छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार १४:१९