प्रचण्ड र माधव नेपालको कुर्सी प्राप्तिका लागि जनताले कहिलेसम्म आन्दोलन गर्नुपर्ने ?
२८ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ शान्ता चाैधरीले नेताहरूको स्वार्थपूर्तिका लागि कहिलेसम्म जनताको दुरूपयोग गर्ने भन्दै प्रश्न गर्नुभएको छ । बुधबार बिहानै सामाजिक सञ्जाल मार्फत नेतृ चाैधरीले प्रचण्ड र माधव नेपालको कुर्सी प्राप्तिका लागि जनताले आन्दोलन गर्नुपर्ने कहिलेसम्म ? भन्ने प्रश्न गर्नुभएको छ ।
चाैधरीले सामाजिक सञ्जालमा भन्नुभएको छ, ’प्रतिगमन, प्रतिगमन भन्दै बिरोधमा सहभागी बनौ भनेर एकथरी हाम्रो आदरणीय नेता कमरेडहरुले जनतालाइ आब्हान गरेको सुन्दै छु। सारा संसारलाइ थाहा छ वाहाहरु पद हडप्न र पार्टी र सरकारमा आफ्नो प्रभुत्व जमाउन नपाएको कारण बिगत एक बर्ष देखि के के हर्कत गर्नु भयो भन्ने कुरा। तेही हर्कतका कारण हठात् रुपमा अविस्वासको प्रस्ताब लानु भयो, कपोलकल्पित आरोपपत्र प्रस्तुत गर्नु भयो, आस्थिरताका बीचमा आफ्नो भबिस्य देख्नु भयो।‘

उहाँले अगाडि भन्नुभएको छ ‘अहिले वाहाहरु को कुर्सी र पदको लागी जनताले आन्दोलन गरिदिनु पर्ने कस्तो अचम्मको आब्हान हो रु देशको स्वाधिनता र जनताको जीविकोपार्जन सम्बन्धि किन बोल्नु हुन्न रु प्रधानमन्त्री चाहिएको हो भने खुरुखुरु चुनावमा जानुस, पार्टी अध्यक्ष चाहिएको हो भने महाधिबेशनमा जानुस, सडक प्रदर्सन गरेर जनता भ्रममा पर्दैनन्।’
प्रकाशित मिति : २८ माघ २०७७, बुधबार ०९:२०












