११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

प्रदेश सरकार खारेज गर्ने पालको प्रस्ताव, अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री !

२२ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ निरूदेवी पालले प्रदेश सरकार खारेज गर्ने प्रस्ताव गरेकी छिन । प्रधानमन्त्रीको अत्यन्तै निकट मानिएकी युवा संघ नेपालको पूर्व अध्यक्ष पालको यस प्रस्तावलाइ अर्थपूर्ण रूपमा हेरिएको छ । पालले बिहीबार राति आफ्नो फेसबुक मार्फत प्रधानमन्त्री समक्ष प्रदेश सरकार खरेज गर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था देशमा गर्न सुझाव दिएकी छिन ।

पालले दिएको सुझाव यस्तो छः सम्माननीय प्रधानज्युलाई फेरीपनी मेरो अनुरोध छ !!!
मलाई पार्टीले कार्वाही गरेपनि गरोस कुनैदिन टिकट पायछु र जनताले हरायछन भनेपनि ठिकैछ सहुला तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भयको मुलुक। प्रत्येक नेपालीको टाउकोमा बिदेसिको रिन छ तसर्थ प्रधानमन्त्री ज्यु यो संघियता नामकोे सेतो हात्ति हाम्रो मुलुकले धान्दैन मुठ्ठी भर नेता त खुसि छौ कोहि मुख्यमन्त्री कोहि प्रदेस मन्त्री कोहि सांसद छौ तलब भत्तामै देशको ढुकुटि न सिद्यायौ जनताले चाहेको अधिकारको बिकेन्द्रिकरण हो बरु स्थानिय तहलाई थप अधिकार सम्मपन्न बनाऔ जनताको घरदैलोमा सर्वसुलब ढंगले सेवा पुर्याऔ।तर प्रदेश सरकार खारेज गरौ!! त्येक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री हुने ब्यबस्था गरौ सम्माननिय प्रधानमन्त्री ज्यु११तर हाम्रो मुलुक ले यत्रो तामझाम बेहोर्न सक्दैन नेताहरुको सुरक्षा पनि कटौती गरौ ममाननीय प्रधानमन्त्री ज्यु यहि एजेन्डा लीयर जनतामा जादा राम्रो हुनेछ। मेरो अनुरोुध हजुरलाई !!

प्रकाशित मिति : February 4, 2021 at 9:07 pm