पिएको तलब आफैँ खाने झाँक्री कोटाको सांसद पद खुस्केपछि क्वाँक्वाँ रूदैँ छिन्
-किरण देउजा
निवर्तमान माननीय ज्यु अभिवादन !
तपाईंको पछिल्लो अभिव्यक्ति आलोचना/टिप्पणी गर्न योग्य त छैन् । ब्यक्तिकेन्द्रित आलोचना गर्नुहुन्न भन्ने पक्षमा छु । पूर्व माननीय ज्यू, सामान्य मानिसले यस्ता खाले टिप्पणी गर्दैनन् । अझ राजनीतिमा लागेको, एक लेभलको नेता भैसकेको, युवा सेलीब्रेटी नेताले (सेलीब्रेटी चै मिडियाले बनाएका) आफ्नो ओहदा भुलेर, गरिमामय संस्थाविरुद्ध अभिव्यक्ति दिनु हुन्थेन । सवाल विद्या भण्डारीको आलोचना गर्नु भयो भन्ने होईन, यहाँ त सेतो साडी लगाएर निर्वाचन होमिने सम्पूर्ण राजनितिज्ञको मान मर्दन गर्नुभयो।
पूर्व माननीय ज्यू,
तपाईंको राजनीति भूगोल अहिलेसम्म फिक्स छैन् । तपाईं जनतासामू गएर अहिलेसम्म अनुमोदन हुनुभएको छैन् । हुन त तपाईं पनि ग्रामिण क्षेत्रबाटै आउनुभएको हो । विद्यार्थी राजनीतिबाट उदाउनुभएको हो। ग्रामिण तहका जनताको पिर-मर्का समस्याबारे तपाईं खासै जानकार हुनुहुन्न । जनप्रतिनिधि भएर तपाईंले अहिलेसम्म के गर्नुभयो ? खासै गतिलो काम गर्नु भएन। यदि गरेको भए अरुको दमदार आलोचना गर्नेले “मैले यस्तो काम गरेको छु” भनेर पक्कै भन्नुहुन्थ्यो।
तपाईं अहिले “कोटा” मा संसद हुनुभएको कुरा नभुल्नु होला । विद्या भण्डारी झै जनतामाझ गएर अनुमोदित हुनु भएको होईन। विद्या भण्डारी त २०५०, २०५१, २०५६ को निर्वाचनमा काठमाडौँबाट शनदार रूपमा विजयी हुनुभएको थियो । उहाँ त कार्यकर्ता माझ मात्र होईन जनतामाझ समेत पुगेर, जनताको काम गरेर आउनुभएको व्यक्ति हो ।
यो पनि पढ्नुहोस्
–रामकुमारी झाँक्रीलाई हैसियत सम्झाउँदै राईले भनेः ९७ मत ल्याएर शान्दार चौँथो कसरी हुनुभयो ?
–रामकुमारी झाँक्रीज्यू एकपटक आफ्नो अनुहार ऐनामा हेर्नुस् र विगत पल्टाउनुस्
-कुण्ठाको राजनीतिले होला त पद प्राप्ति ?
अझ महत्त्वपूर्ण कुरा त २०६२/०६३ को जनआन्दोलन पश्चात पुनःस्थापन भएको संसदमा, नेपाली महिलाले हरेक क्षेत्रमा ३३% कोटा सुनिश्चित गर्न प्रस्ताव पेश गरेर पास गराउन सफल व्यक्ति हुन् । जुन कुराको उपलब्धि अहिले आएर देखिएको छ। र, त्यही “कोटामा तपाईं संसद” भएको कुरा नभुल्दा उत्तम होला । भुलेको भए सम्झनु होला । नेपाली महिला आन्दोलनमा उहाँको जति योगदान छ, त्यो ठाउँमा तपाइको तुलना नै हुन्न । भलै तपाईंको योगदान छैन् भन्न खोजेको होईन।
र, अर्को कुरा दोस्रो जन आन्दोलनले नेपालमा गणतन्त्र ल्यायो। सयौं सहिद भए, हजारौँ अपांग भए, धेरै संख्यामा घाइते भए। सारा नेपालीको त्याग र तपस्याले गणतन्त्र आएको हो। तपाईले मैले रत्नपार्कमा टाउको फुटाएको कारण गणतन्त्र आयो भनेर फुँइ हाक्नुहुन्छ। तपाईंको आलोचना गर्यो कि, रत्नपार्कमा टाउको फुटेको रक्तपिच्छे भएको फोटो देखाएर इमोसनल ब्यल्याकमेल गर्नुहुन्छ ।
अनि भन्नुहुन्न “गणतन्त्रको लागि हाम्रो योगदान कम थिएन” । हामी चै त्यो बेला रत्नपार्क आसपास गुच्चा या क्रिकेट खेल्न गएका थिएनौँ । तपाईंले रत्नपार्क बगाएको रगत गैर जिम्मेवार अभिव्यक्तिको लाइसेन्स होईन, समय धेरै बदलिसक्यो। इतिहासको ब्याज पनि सक्नुभयो, तपाईंले जति पद पाउनु भएको छ, त्यति नपाउने हजारौं छन्।
समाजिक सञ्जालमा, कुनै कार्यक्रममा बोल्दा तार्किक/तर्कसँगत कुरा सकिएपछी आन्दोलनको फोटोले बचाउको औजार हुन सक्दैन्। तपाईं त नया पुस्ता हो भन्नुहुन्छ, पुरानो जसरी धेरै जेल बसेको कुरा गरेर केही अर्थ छैन् । नयाँ पुस्ताको नयाँ भिजन खै? कुनै कार्यक्रम या सामाजिक सञ्जालमा पाँडे गालीले मात्र केही हुन्न। केही समय त हाइहाइ होला तर सैद्धान्तिक रुपमा शून्य नै हुन्छ।

राष्ट्रपति विद्या भण्डारीबिरुद्द झाँक्रीको विषवमनको खास रहस्य
राजनीतिमा नागरिकहरुका अपेक्षा नेताहरुप्रति हुनु स्वाभाविक हुन्छन l सर्वसाधारणले होस् वा जो कोहिले मिडियामा बारम्बार आउनेहरुलाईं नै नेता मान्छन र कतिपय बाहिर आएको कुरालाईं लिएर आदर्श मानिरहेको हुन्छ l जब आफूले आदर्श मानेका नेताले असामान्य कुण्ठा प्रस्तुत गर्छन तब सक्कली अनुहार बाहिर देखिन्छ l यसका लागि सम्बन्धित व्यक्ति नै त्यसको जिम्मेवार हुन्छन।
राजनीतिमा ओभर रेटिंग भएकी एक पात्र हुन् -रामकुमारी झाँक्री l जब एक पछी अर्का उनका सक्कली अनुहार बाहिरिन थाले त्यसपछी उनको दिनचर्या गुटबन्दी गर्ने, अन्टसन्ट बोल्ने र आफ्नै नेतृत्व माथि विषवमन गर्ने क्रम सुरु भयो l
गत संसदीय निर्वाचनमा माधवकुमार नेपाल समक्ष रोइकराई गरेर उनी प्रतिनिधिसभातर्फ समानुपातिक सांसद हुन सफल भईन। आफ्नै भतिजीको नाम राखेर पिएको तलब समेत आफैले लिने व्यवस्था मिलाइन र आफ्ना अधिकांश संसदका भाषण राष्ट्रपति र नेपाली सेना माथि अन्टसन्ट आरोप लगाउन थालिन l
कुरोको चुरो यता:-
दोश्रो संंविधानसभा निर्वाचन २०७० मा तत्कालीन नेकपा एमालेले आफ्ना उम्मेदवार छनोट गर्दै गर्दा क-कसलाइ प्रत्यक्ष तर्फको उम्मेदवार बनाउने भन्ने छलफल चल्दै थियो l तत्कालीन अखिल नेपाल महिला संघको अध्यक्षको हैसियतले विद्या भण्डारीले महिलाहरु को-को पुरुषसंग प्रतिस्पर्धामा उम्मेदवार बन्न सक्छन भन्ने चासो र विश्लेषण सहित रामकुमारी झाँक्रीको नाम गुल्मीको साबिक क्षेत्र नम्बर १ मा प्रस्ताव गर्नु भएको थियो l
त्यहि अनुसार सम्बन्धित व्यक्तिहरुलाइ सोध्ने काम भयो l रामकुमारी झाँक्रीले सर्त तेर्साइन आफूलाइ प्रत्यक्ष तर्फको उम्मेदवार बनाउने भए चुनाब खर्च ३ करोड चाहिने नत्र उम्मेदवार नबन्ने बताइन l जसलाई आशा गरेर सिफारिस गरेको उसैले यस्ता शर्त तेर्स्याएपछि झाँक्रीको नाम लिस्टमा परेन l समानुपातिकमा अरु वर्गको प्रतिनिधित्व गराउनु पर्ने भयो र रामकुमारीको समानुपातिक सभासद जागिर खाने इच्छामा पनि तुसारापात भयो l
यसबीचमा उनले आफू समानुपातिकमा रहन चाहेको अथवा आफूले प्रत्यक्ष चुनाव नलड्ने अरु कारण पार्टी समक्ष राखेकी थिइनन् l समानुपातिक सभासद पदमा आफ्नो अंश दावी लाग्ने ठानेर घुर्की लगाएर बासिन र अन्ततः उनको नाम कतै पनि परेन l तत्कालीन एमालेमा यस प्रकारले उम्मेदवारीसंगै यसरी रकम माग्ने उनी एक्लो दाबेदार थिइन l झाँक्रीले ठानिन् ३ करोड लिएर चुनाब लड्न जाने वा बिना दुखः समानुपातिकको जागिर खाने आफ्नो सपना बिद्या भण्डारीले नै तुहाई दिएकी हुन् l यस पछी उनको दैनिकी बिद्यादेबी भण्डारी लाइ सराप्ने हुन थाल्यो, जुन अहिलेसम्म जारी छ।
आफ्ना गुटका कार्यकर्ता हुन् वा अरु पार्टीका कार्यकार्ता हुन् विद्या भण्डारीले आफूलाइ समानुपातिक सांसद हुनबाट रोकेको भन्दै रुँदै हिड्न थालिन l सबै भन्दा धेरै आँशु त उनले पत्रकार र एनजीओ चलाउने महिलाहरुका अगाडी चुहाइन र विद्यादेवी भण्डारीबिरुद्द विषवमन गरिरहिन l
झाँक्रीको समानुपातिक सांसदको जागिर खाने सपना पछिल्लो प्रतिनिधिसभा निर्वाचन निर्वाचन २०७४ पछी बल्ल सकार भयो l जब उनले संसद भवन प्रवेस पाइन्, जनजिविका सवालका बिषयमा उनको चासो रहेन तर अधिकांस उनका संसदका बोली कि त प्रत्यक्ष रुपमा रास्ट्रपतिको आलोचना गर्नमा बिते कि त रास्ट्रपति नेपाली सेनाको परमाधिपति रहने व्यवस्था भएको ले नेपालि सेनाको आलोचना गर्नमा बिताइन् l
संसदमा झाँक्रीले गरेका सम्बोधनहरु नेपाली सेनाको विकास निर्माण सहभागिताकाबिरुद्द हुने गर्थे र रास्ट्रपति तथा नेपाली सेनाप्रति घृणाभाव दर्शाउन नै खर्चिएको पाइन्छ l सरकारले प्रतिनिधिसभा विघटन गरेपछि पिएको तलब आफैँ खाने झाँक्री कोटाको सांसद पद खुस्केपछि क्वाँक्वाँ रूदैँ छिन् । उनको पछिल्लो अभिव्यक्ति त्यसको दृष्टान्त हो ।
र, तपाईं संसद भएर गरेका केही महत्त्वपूर्ण कार्यहरु
१) काठमाडौ बुद्धनगर जस्तो ठाउँमा घर भएर पनि घरभाडा अनि घर मर्मत खर्च लिनु।
२) आफ्नै भदैलाई स्वकीय सचिव बनाएर तलब आफैँ लिने । (स्वकीय सचीवको सेवासुविधा नेपाल सरकारको शाखा अधिकृत सरह हुन्छ )
४) नेपाली सेना माथी अनावश्यक लाल्छना, टिप्पणी। लगायत।
कुकुरले टोक्यो भनेर कुकुरलाई नै टोक्नु शोभनीय हुँदैन । अति अपाच्य नै हुन्छ। मानसिक डाक्टर/परामर्शदाताहरु भन्छन् :- “कुनै पनि मानिस निरन्तर विरोधमा हुन्छ, सकारात्मक तत्व/चिजलाई नकारात्मक मात्र देख्छ भने उसमा मानसिक समस्या हुन्छ”। र, अन्त्यमा आफू माइग्रेनको रोगी छु भन्दैमा अरुलाई अन्टसन्ट रुपमा गालीगलौज गर्न पाइदैन/हुदैन। (यो चै भन्न मन नहुँदा-नहुँदै पनि भनेको, रिसानी माफ पाउ! )
(लेखक अनेरास्ववियूका पूर्व नेता हुन ।)
प्रकाशित मिति : १८ माघ २०७७, आईतवार १९:२२












