२४ पुष २०८१, बुधबार | Wed Jan 8 2025

१० लाख घुस खाएर भागेका शम्भु चालिसे कलंकीबाट पक्राउ, १८ महिना कैद हुने

७ असार, काठमाडौँ । १० लाख घुस खाएर फारर भएका शम्भु चालिसे कलंकीबाट पक्राउ परेका छन । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले कलंकीबाट पक्राउ गरेको हो ।

पक्राउपछि काठमाडौं जिल्ला अदालतले बिहीबार नै उनलाई कैद भुक्तानको लागि डिल्लीबजार कारागार जेल चलान गरेको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका पूर्वअनुसन्धान अधिकृत चालिसे घुस लिंँदै गर्दा रंगेहात पक्राउ परेका थिए ।

उनले ०७१ साउन ११ गते सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा मिलाइ सफाइ दिन्छु भन्दै १० लाख घुस लिएका थिए । सर्वोच्च अदालतको २०७४ चैत २० गते एक वर्ष छ महिना कैद र १० लाख जरीवाना हुने गरी फैसला गरेपछि चालिसे फरार रहेका थिए ।

प्रकाशित मिति : ७ असार २०७५, बिहीबार १९:३९