९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

आइपिओ भर्ने सवैलाई चन्द्रागिरी केबलकारमा २५ प्रतिशत छुट

१ माघ, काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयरमा आवेदन दिने सबै आवेदकलाई केबलकार यात्रामा छुट दिने निर्णय गरेको छ । चन्द्रागिरिको ११औँ वार्षिक साधारण सभाले चन्द्रागिरिको आइपिओमा आवेदन दिने सबै आवेदकलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।

सो छुट पाउन सेयर भर्दाको कुनै न कुनै प्रमाण टिकट काउन्टरमा देखाउनुपर्ने छ । कम्पनीका अनुसार यो छुट सुविधा माघ ५ गतेदेखि १ वर्षसम्मका लागि मान्य हुनेछ ।आन्तरिक पर्यटकका लागि चन्द्रागिरी रोजाईको गन्तव्य बन्दै गइरहेको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार १७:४८