३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

कृषि विकास बैंकले ६ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने

३ पुस, काठमाडाैँ । कृषि विकास बैंकले ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले निष्काशन गर्ने कुल ऋणपत्रमध्ये ३ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने बाँकी २ अर्ब ४० करोड रुपैयाँ बराबरको सर्वसाधारणमा बिक्री गर्ने छ।

धितोपत्र बोर्डबाट अनुमति पाएपछि बैंकले उक्त ऋणपत्र बिक्रीमा ल्याउने छ। यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार १५:२३