३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

मेगा बैंकले घोषणा गर्याे लाभांश, बोनस र नगद कति?

२ पुस, काठमाडाैँ । मेगा बैंकले लाभांश घोषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्षको आम्दानीबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने  प्रस्ताव गरेको छ।

पुस २ गते विहान बसेको  बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर सहित ३.०५ प्रतिशत नगद गरी कुल १३.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार ११:४८