१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

कमानसिंह प्रकरणमा नारायणकाजीको स्पष्टिकरण प्रचण्डले दिएपछि…

२८ मंसिर, काठमाडाैँ । कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तो कतै नभएको काम नेकपाभित्र हुने गरेको छ । आफ्नै सरकारका विरूद्ध मोर्चाबन्दीदेखि आफ्नै पार्टीको नेतृत्वको विरूद्धमा विषमन भैरहेको नेकपाभित्र फेरि अचम्मको एउटा घटना भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपाको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठको पुरापुर बचाउ गरे । उनले नारायणकाजीको तर्फबाट आफैँले स्पष्टिकरण दिए ।

गोविन्द केसीको अनसनका समयमा माफियाहरूको योजनामा सहभागी हुन नपाउँदा पार्टी प्रवक्ताबाट राजिनामा समेत दिन पुगेका श्रेष्ठ यतिखेर कमानसिंह लामालाइ ठगी गरेको काण्डमा संलग्न भएका दाबी र तथ्यहरू सार्वजनिक हुँदा चुँ पनि बोलेका छैनन् । उनी बाहिर त बोलेनन् नै उनी आफैँ सहभागी भएको स्थायी कमिटी बैठकमा समेत उनको स्पष्टिकरण प्रचण्डले दिएका छन ।

बैठकमा प्रचण्डले भनेका छन ‘हाम्रो पार्टी प्रवक्तासँग स्वर्गीय कमान सिंह लामाको आर्थिक लेनदेनको बिषयमा जोडेर नकारात्मक प्रचार भयो’, उनले भने, ‘बदनाम गराउने उद्धेश्यले भएका यस्ता प्रचारको पछि नलाग्नुहोस्।’ प्रचण्डले नाराणकाजी र सुशन कर्माचार्य दुबैको बचाउ गर्दै सुशन गतिशील र उद्यमी महिला भएको टिप्पणी गर्दै प्रचण्डले ब्यापारिक कारोबारमा नारायणकाजीले मध्यस्थता मात्रै गरेको बताएका छन ।

नारायणकाजी माथि कमानसिंहलाइ ठगेकोमात्र नभइ उनको घर विगारेको समेत आरोप लागेको छ । स्वर्गीय कमानसिंहले सामाजिक सञ्जाल मार्फत मृत्युअघि नारायणकाजीको नामै लिएर घरबिगारेकोमा धन्यवाद र पैसा झ्वाम पारेकोमा द्रब्यपिशाचको उपमा दिएका छन ।

आइतबार नै नारायणकाजीले नैतिकता नाममा ढोंगमात्र पिटेको भन्दै कमानसिंह प्रकरणमा राजिनामा दिनुपर्ने भन्दै प्रदर्शन भएको छ । बालुवाटारमा स्थायी कमिटी बैठक चलिरहेको समयमा बाहिर ‘कमानसिंहलाइ न्याय दे, नारायणकाजीले राजिनामा दे’ भन्दै नाराबाजी भएको छ ।

यो पनि पढ्नुहोस्

नारायणकाजीको नैतिकतामा पूर्णविराम ! करोडाैँको वार्तालाप सहितको भिडियो बाहिरियो

कमानसिहंको घर बिगारेकोमा तीन महिना अघि नै नारायणकाजीले धन्यवाद पाएका थिए

-के नारायणकाजी द्रव्य पिसाच हुन ? ओली र प्रचण्डले उनीविरूद्धको उजुरी किन सुनेन ?

प्रकाशित मिति : २८ मंसिर २०७७, आईतवार १६:०१