११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

अवैध यार्सागुम्बा सहित ४ जना पक्राउ

२८ मंसिर, काठमाडौँ । करिब ४ सय ६८ ग्राम अवैध यार्सागुम्बा जस्तो देखिने वस्तु सहित ४ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने सुर्खेत बराहाताल गाउँपालिका-५ घर भएका ५५ वर्षीय शेर बहादुर थापा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने संखुवासभा चैनपुर नगरपालिका-२ घर भएका २२ वर्षीय हिमाल गुरुङ, काठमाडौं गोकर्णश्वर नगरपालिका-५ जोरपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका-६ घर भएका २४ वर्षीय बिशाल परियार र काठमाडौं गोकर्णश्वर नगरपालिका-४ माकलबारी बस्ने रामेछाप हिमगंगा गाउँपालिका-७ घर भएका ५९ वर्षीय सुनिल तामाङ रहेका छन् ।

फाइल फाेटाे

गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा अबैधरुपमा यार्सागुम्बा बिक्री हुने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बिशाल र सुनिललाई जाँच गर्दा उनीहरुको साथबाट १२ पीस यार्सागुम्बा जस्तो देखिने वस्तु फेला पारी नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा उनीहरुलाई उक्त वस्तु शेर बहादुरले दिएको बताएपश्चात महानगरीय प्रहरी वृत्त महाराजगंजको समन्वयमा शेर बहादुरको कोठामा लुकाई राखेको अवस्थामा उक्त वस्तु फेला पारी प्रहरीले शेर बहादुर समेतलाई पक्राउ गरेको हो ।

शेर बहादुरलाई उक्त वस्तु दिने हिमाललाई काठमाडौं महानगरपालिका-४ सुकेधारामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । बरामद बस्तु आवश्यक अनुसन्धानका लागि वन कार्यालय हात्तिसार नक्साल पठाइएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

प्रकाशित मिति : December 13, 2020 at 1:24 pm