२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

गौतमबुद्ध कप क्रिकेटः बागमती र राप्ती भिड्दै

२८ मंसिर, चितवन । गौतमबुद्ध कप क्रिकेट प्रतियोगितामा आज बागमती र राप्ती टिम भिड्दै छन् । खेल भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुने छ । हिजो भएको पहिलो खेलमा वाग्मती टिम नारायणीसंँग सुपर ओभरमा पराजित भएको थियो ।

प्रतियोगितामा राप्तीको यो पहिलो खेल हो । बागमती आज जित निकाल्दै फाइनल प्रवेशको लागि आफ्नो सम्भावना कायम राख्न चाहन्छ । फाइनल पुग्न बागमतीलाई आजको खेल जित्नै पर्ने दबाब छ । राप्ती बिनोद भण्डारीको कप्तानीमा रहेको छ भने बागमतीको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आईतवार ०८:५३