१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

घरअगाडि राखिएको पिकअप भ्यानमा आगजनी

२७ मंसिर, राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगमाका बेचन मुखियाको पिकअप भ्यानमा आगजनी गरिएकाे छ । शनिबार बिहान अपरिचित व्यक्तिले आफ्नै घरअगाडि राखिएको स. १ च १७२५ नम्बरको पिकअप भ्यानमा आगजनी भएको मुखियाले बताएका छन्। प्रहरीका अनुसार आगजनीबाट २४ लाख बढीको क्षति भएको छ ।

शनिबार बिहान करिब १ बजेतिर घर अगाडि राखिएको पिकअपमा पेट्रोल छर्केर आगजनी गरेको पीडित मुखियाले बताए। आगो स्थानियबासी, प्रहरी तथा राजविराजबाट आएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।यसबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : December 12, 2020 at 10:02 am