२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

२६ मंसिर, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिनुभएको हो । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो । उहाँको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो । कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किनुभएको थियो । त्यसपछि उहाँ नेपाल फर्किनु भएन । उहाँले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार १०:४०